शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १, २०७९
  • 183
    SHARES

काठमाडौं । चैत्र २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले यस बारेमा जानकारी गराएको हो । निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो । उहाँले महोत्सवको तयारीका लागि निफ टिम विगत तीन महिना यता लागिपरेको बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको बताउनु भयो । उहाँले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरु सहभागी हुन र चलचित्र हेर्नका लागि दर्शकहरु पनि उपस्थित हुनुपर्ने बताउनु भयो । उहाँले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनवद्धता गर्ने आशा राखेको बताउनु भयो ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले उहाँले यस पटकको महोत्सवमा ५० जना भन्दा बढी फिल्म मेकरहरु बाहिरि देशहरुबाट आउने बताउनु भयो । उहाँले निफलाई विश्वास गरेर विगत झैँ यस पटक पनि राम्रा फिल्म र फिल्म मेकरहरुले मेलामा सहभागीता जनाउने वचनवद्धता दिएको बताउनु भयो । उहाँले मेलाले फिल्मकर्मीहरुबीच छलफल र भेटघाटको अवसर मिल्ने बताउनु भयो ।

५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बतायो । यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ । ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }