बिहिबार, फाल्गुन १७, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

बागलुङमा स्वास्थ्य जोखिममा पारेर गर्भपतन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३, २०७९
  • 127
    SHARES

बागलुङ । अहिले बजारका औषधि पसलमा गर्भपतन गराउने औषधि छ्याप्छ्प्ती पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो । तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन् ।

पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पाँच सय ७६ जनाले गर्भपतन गराएका थिए । बीस वर्षमुनिका छ जना छन् भने त्यसभन्दा माथिका पाँच सय ७० छन् । आव २०७७/७८ मा छ सय ९८ जनाले गर्भपतन गराएका थिए । चार जना २० वर्षमुनिका छन् । आव २०७८/७९ मा छ सय ९१ जनाले गर्भपतन गराएको तथ्याङ्क छ । तीन जना २० वर्षमुनिका छन् ।

चालु आवको आठ महिनामा २० वर्षमुनिका एकसहित चार सय ८१ जनाले गर्भपतन गराएका छन् । अवैध सम्बन्ध राखेकाले नै बढीजसो गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ । ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चालु आवको हालसम्म एक सय ८६ जनाले गर्भपतन गराएका छन् ।

स्वास्थ्य केन्द्रका कप्रमुख डा निरज सुवेदी अविवाहित र बैबाहिक जीवनमा खटपट भएकाहरु बढीजसो गर्भपतन गराउन आउने गरेको बताउनुहुन्छ । महिला–पुरुष दुवैले यौन सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग नगर्दा यस्तो समस्या बढेको उहाँको भनाइ छ । “उमेर पुगेका महिलादेखि किशोरी पनि गर्भपतन गराउन आउनुहुन्छ”, डा सुवेदीले भन्नुभयो, “यो तथ्याङ्क अस्पतालमा आएर सुरक्षितरूपमा गर्भपतन गराएकाहरूको हो, यसबाहेक बाहिर असुरक्षित गर्भपतन गराउने पनि छन्, लाज र डरले गर्दा उनीहरू अस्पताल आउँदैनन् ।”

गलकोट नगर अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी रहेको पाइएको छ । नगर अस्पतालका प्रमुख डा राजेश पौडेलका अनुसार आव २०७८/७९ मा ४० जनाले गर्भपतन गराएकामा चालु आवको हालसम्म ५० जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल पछिल्लो समय दुईभन्दा बढी सन्तान जन्माउन छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढेको बताउनुहुन्छ । स्वास्थ्य संस्थामा सुरक्षितरूपमा गर्भपतन हुन्छ भन्ने महिलाको चेतना वृद्धि भएपछि वार्षिकरूपमा केही सङ्ख्या बढ्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

प्रमुख खनाल भन्नुहुन्छ, “अहिले धेरै बच्चा जन्माउन चाहँदैनन्, छोराको चाहाना धेरैले राख्छन्, छोरी–छोरी भए भने पनि उनीहरूले छोराका लागि प्रयास गर्ने र फेरि छोरी हुने देखिएपछि गर्भपतन गराउने गरेको पाइन्छ ।” धवलागिरि अस्पतालमा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी छ । अघिल्लो आवमा तीन सय ४५ जनाले गर्भपतन गराएका थिए । त्यसमध्ये ४८ महिलाको जटिल किसिमले गर्भपतन गराएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडलले बताउनुभयो । चालु आवको हालसम्म दुई सय ६० महिलाले गर्भपतन गराएको उहाँको भनाइ छ । त्यसमध्ये १५ जनाको जटिल किसिमले गर्भपतन भएको पौडेलले बताउनुभयो ।

बजारमा केही स्वास्थ्य संस्थाले अनुमति नलिई असुरक्षित गर्भपतन गराउने र औषधि बेच्ने गरेको पाइन्छ । यसले महिलाको स्वास्थ्यमा ठूलो असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । कतिपय महिलाले पटक–पटक गर्भपतन गराउनेसमेत गरेका छन् । यसले स्वास्थ्यमा असर पु¥याउनुका साथै अर्को पटक बच्चा नबस्ने जोखिम हुने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सुवेदी बताउनुहुन्छ ।

धेरैपटक गर्भपतन गर्दा रगत बढी बगेर ज्यान जाने सम्भवनासमेत हुन्छ भने गर्भ पाठेघरभन्दा बाहिर बस्ने र ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । डा सुवेदी भन्नुहुन्छ, “गर्भपतन महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ, यो आपत्कालीन अवस्थामा मात्रै गर्नुपर्छ, गर्भपतन नर्गनका लागि शारीरिक सम्पर्कका बेला स्थायी तथा अस्थायी साधान प्रयोग गर्नु नै राम्रो हुन्छ, यति सजहता अपनाइयो भने समस्या हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }