सोमवार, असार ३१, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय राजदुतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 261
    SHARES

काठमाडौं ।  भारतीय राजदुतावासले २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ ।

शनिवार काठमाडौंमा रहेको भारतीय दुतावासमा एक कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको हो । कार्यक्रममा गएका वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थी लगायत २५० भन्दा बढी अतिथिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालय (विज्ञान तथा प्रविधि) का सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी तथा नेपालका प्रमुख विश्वविद्यालयका उपकुलपति उपस्थिति हुनुहुन्थ्यो ।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी पनि उपस्थित हुनुहुन्थ्यो ।

नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न कलेजका डिन तथा विभिन्न प्रतिष्ठित विद्यालयका प्रधानाध्यापकको पनि कार्यक्रममा उपस्थिति थियो ।

मन्तव्यका क्रममा राजदुत श्रीवास्तवले २१ औं ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आगामी वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दार विद्यार्थीरुलाई विभिन्न विधामा भारतीय दुतावासको विशेष रोल अफ अनर प्रदान गर्ने घोषणा गर्नुभयो ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । यो योजनाको शुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति संख्या थपेर १०० पु¥याइएको थियो । सन् २०१२ देखि छात्रवृत्तिको संख्या दोब्बर बढेर २०० पुगेको छ ।

यस योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका ३ हजार जना विद्यार्थी लाभान्वित भइसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }