शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनमा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ६, २०७९
  • 281
    SHARES

चितवन ।जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् ।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिनुभयो । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उहाँले बताउनुभयो ।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले तीन र कालिकामा नौ बालबालिका केन्द्रमा छन् ।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको जानकारी दिनुभयो । उनीहरुमध्ये तीन सय हाराहारी भरतपुरभित्रका छन् । विश्वमा जन्मने ४४ बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }