शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पुनको आन्दोलनमा पुगेका समर्थकको चेतावनीः माग पूरा नभए देशभर आन्दोलन गर्छौं


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १७, २०८०
  • 264
    SHARES

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागमा ऐक्यवद्धता जनाउने राजनीतिक पार्टी र संस्थाहरु बढ्न थालेका छन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै वैशाख १५ गतेबाट काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनमा उत्रिनुभएका पुनको मागलाई समर्थन गर्नेहरुको संख्या बढ्दै गएको हो।

राष्ट्रिय प्रजातन्त्त पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत अन्य पार्टी र विभिन्न संघसंस्थाहरुले उहाँको मागमा ऐक्यवद्धता जनाएका छन्। संस्था र पार्टीमात्रै नभइ व्यक्तिहरुले पनि पुनको मागमा समर्थन जनाएका छन्। कानून व्यवसायीदेखि मोर्चाहरुले समेत उहाँको मागको समर्थन गरेका छन्। कानून व्यवसायीहरुको तर्फबाट ऐक्यवद्धता जनाउन माईतीघर पुगेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले मुलुक राजनीतिले मात्रै नचल्ने बताए।

उनले उद्योग धन्दा, कलकारखाना र नवप्रवर्तनले नै मुलुकको विकास हुने भन्दै आविष्कारको क्षेत्रमा सरकारले लगानी गर्न जरुरी रहेको बताए। सत्ता गठबन्धन परिवर्तन गर्ने र दुई महिनामा सरकार परिवर्तन गरेर मात्रै देशको विकास सम्भव नरहेको जिकिर गरे। उनले महावीर पुनको सामाजिक आन्दोलनलाई अन्देखा गरिए देशभर झनै बिद्रोह चर्किने चेतावनी दिए।

त्यस्तै पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, अध्यक्ष तारानाथ लुईंटेलले वर्तमान सरकारले विकासको लहर देख्न नसकेको बताए। उनले नेपालीहरुले उत्पादन गरेका सामग्रीहरुको सरकारले प्रोत्साहन गर्न नसकेको बताए। महावीर पुनको आन्दोलनलाई आफूहरुको पूर्ण समर्थन रहेको उनले बताए। त्यस्तै पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका अर्का एक व्यक्तिने पनि पुनको माग जायज रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }