आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

७०८ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ३१, २०८०
  • 279
    SHARES

काठमाडौं ।  ७०८ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी २०८० बैशाख मसान्तसम्म ७०८ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ‘ब्रोडब्याण्ड सेवा’ उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरेको हो।

जडान कार्य सम्पन्न भएका स्थानहरु मध्ये हालसम्म १४ परियोजनाको अनुगमन तथा परीक्षणको काम सम्पन्न भइसकेको तथा चार ओटा परियोजनाको तेस्रो चरणअन्तर्गतको अनुगमन तथा परीक्षणको काम भइरहेको बताइएको छ।

त्यसैगरी सोही कोष परिचालन गरी भूकम्पबाट अति प्रभावित आठ जिल्ला ( काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा ब्रोडब्याण्ड इन्टरनेट जडान गरी २ वर्ष सम्मको लागि महशुल बापतको रकम उपलब्ध गराउन सम्बन्धित गाउँपालिका/नगरपालिकाहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अघि बढाइएको छ।

आठ जिल्लाका सार्वजनिक संस्थाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा गरी करिब चार हजार २५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको नन डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्ने प्राधिकरणको योजना छ।

२०८० को वैशाख मसान्तसम्ममा ब्रोडब्याण्ड परियोजना अन्तर्गत ७०८ स्थानीय तहको कार्यालय, पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार ३१८ माध्यमिक विद्यालय, चार हजार २४९ स्वास्थ्य संस्था/अस्पताल गरी कुल १६ हजार २०८ स्थानहरुमा इन्टरनेट जडान सम्पन्न भएकोे छ।

भूकम्पबाट अति प्रभावित आठ जिल्लामा हालसम्ममा ७३ स्थानीय तहमा सम्झौता सम्पन्न भएको बताइएको छ भने १० स्थानीय तह, ८८ वडा कार्यालय। पालिका, ४ सय २३ सामूदायिक विध्यालय, तथा १ सय ३२ सामूदायिक स्वास्थ्यमा इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको बताइएको छ।

भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट सेवा जडान गरी सञ्चालन गर्ने कार्य अघि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }