आइतवार, बैशाख २३, २०८१

खै त मलाई धन्यवाद।


  • शिक्षक अजित के.सी
  • शुक्रबार, भदौ १, २०८०
  • 1.2K
    SHARES

 

परिक्षाको नतिजा प्रकाशित भयो। साचै भन्ने हो भने परिक्षाको नतिजा विद्यार्थीलाई भन्दा असल शिक्षकलाई हेर्न हतार र उत्सुकता हुन्छ। आफनो विषयमा कस्तो अंक ल्याएका छन भनेर। शिक्षक एक एक गरि विद्यार्थीको नतिजा हेर्न थाल्छन। नतिजा हेर्दै अनुहार पुर्णिमाको जुन जस्तै चमकिलो, हिमाल जस्तो विशाल छाति बनाएर , भर्खर भर्खर बामे सर्दै गरेको चन्चल बच्चा जस्तै अनी लामो शास तान्दै फ्याकदै भन्छन मेरो विषयमा सबै पास भएछन।

भोलि पल्ट शिक्षक जब कलेजको प्रांग्णमा पुग्छन। दायाँबायाँ हेर्छन, मुसुक हास्छन अनि प्रर्फुल अनुहार लिएर स्ठाफ कोठामा बस्छन। त्यतिकैमा एक्जाम (exam) डिपार्टमेन्टको सर हतार हतार आउनुहुन्छ। उता सोफामा प्रफुल मुद्रामा बसेको शिक्षकलाई भेटनु हुन्छ अनि भन्न थाल्नु हुन्छ। धेरै धेरै बधाई सरलाई हजुरको विषय १००५ पास रिजल्ट छ। आज त विद्यार्थीहरूबाट मिठाई र माया त सरले बोरामा बोक्न नसक्ने पाउनु हुन्छ होला। शिक्षक मुसुक हास्दै केही जवाफ फर्काउदैन्न। त्यही बाटो हुँदै विद्यार्थी यताउता हिडछन तर शिक्षकलाई देखेको नदेखेको गर्दै जान्छन।

समकालीन शिक्षकले पनि प्रफुल अनुहार बनाएर बसेका शिक्षकको विषयमा १००५ विद्यार्थी पास भएको थाहा पाउछन। भन्न थाल्छन ल बधाई छ है सरलाई। यो वर्ष हजुरको तलब त पकै बढ्ने भयो। यो वर्ष शिक्षक कार्यक्रममा सम्मान पाउनु हुनेछ। बेस्ट टिचर अवार्ड तपाईलेनै पाउनु हुनेछ। कलेजका शेरहोल्डर दयावान छन पकै राम्रो सुबिधा पाउनुहुनेछ। यति भन्दा पनि ती शिक्षक केही जवाफ नफर्काइ हासेर मात्र बस्छन।

क्याम्पस प्रमुख लगाएत व्यवस्थापन समितिका शिक्षकहरू स्ठाफ रूममा आईपुग्छन। विद्यार्थी जसै क्याम्पस प्रमुख लगाएत व्यवस्थापन समितिका शिक्षकहरू पनि देखेको नदेखेको गर्छन अनि केही नबोली जान्छन। ती शिक्षक हसिलो अनुहार नछोडि अमिलो मन बनाई कक्षा कोठामा जान्छन। मायुर छन शिक्षक सबैले अनुहार पढन सक्छन तर मन पढन सक्तैनन् भन्नेको कुरामा उहाँ जानकार छन। त्यसैले आफ्नो हसिलो अनुहार उहाँले छोडेका छैन्न। उहाँको मनको कुरा बुझने मान्छे कोहि भेटेको छेैनन।

सधै जसो आफुले पढाउने कक्षामा जान्छन अनी आफ्नो विषय पढाउछन।आफ्नो कक्षा पढाइओरि स्ठाफ रूम तिर झर्दै गर्दा क्याम्पस प्रमुख लगाएत व्यवस्थापन समितिका शिक्षकहरूको एउटा कोठाबाट गाइगुइ हल्ला आवाज आउछ। एउटा शिक्षकले उस्को विषयमा १००५ पास नतिजा निकाल्यो रे११ व्यवस्थापन समितिका शिक्षकहरूले क्याम्पस प्रमुखलाई सुझाव दिन थाल्छनसफेरि तलब बढाई दिनु होला निरु सम्मान दिन खोज्नु होलारु सुबिधा थपदिनु होलारु त्यसतो सम्मान पायो भने फेरि तपाईंलाई अनि व्यवस्थापन समितिका शिक्षकहरूलाई हेपन थाल्छ है।फेरि सुझावहरू दिएर फेरि ठुलो बन्छ, हेपछ पछी लगाम लगाउन सकिँदैन होस गर्नुस। त्सैलेनै बोल्यो भने पढाउन कक्षा दिएकै छ भनी दिउला। अझ मानेन भने प्राभेट(private) कलेज हो चित्त नबुजे छोडेर जा भन्दिने हो।

ती हसिलो अनुहार भएको शिक्षको आँखाबाट बगेका आँसु आँखामानै बिलाए। त्यस दिनको हाजिर गरेर हिडछन। बाटोमा हिडदै गर्दा पास भएका आफ्नो विद्यार्थीहरू भेटछन। अनि विद्यार्थीहरूले शिक्षकलाई घेर्न थाल्छन। विद्यार्थीहरूले बिचमा राखेर भन्छन खै त चक्लेट सर हामीलाई पास भएको मा।हामीलाई चक्लेट दिन पर्दैन११ शिक्षक हास्दै मन मनै भन्छन खै त मलाई धन्यवाद।
ूबिचरा शिक्षकले सितैमा पाउने धन्यवाद सम्म पाएन्न कठैू।।।।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }