शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दीपक र दीपाले १० करोड लगानीमा खोले आईएनआई सिनेमा हल


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २९, २०८०
  • 142
    SHARES

काठमाडौं । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् ।

बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचत्रि बनाउनु पनि तपस्या गरे सरह रहेको बताउनु भयो ।

उहाँले आम दर्शकलाई चित्त बुझाउने काम भनेको एउटा तपस्वीले तपस्या गरेर बल प्राप्त गरेको सरह भएको उहाँको बुझाइ छ । उहाँले पहिला नामका लागि काम गरेपनि पछि नामसँगै पैसा कमाउन थालिएको तर समयलाई चिन्नुपर्ने आवश्यकता औंल्याउनु भयो । आफूहरुले गर्न नसकेको काम सिनेमा हल सञ्चालन गरेर दीपक र दीपाश्रीले कलाकारको सपना पूरा गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र उद्योगले सरकारबाट आवश्यक सुविधा नपाएको गुनासो गर्नुभयो । उहाँले निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा गर्नुभयो ।

गिरीले हल ४ सय सिट क्षमताको रहेको र दुइटा अडिटोरियम हल रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }