बुधबार, बैशाख २६, २०८१

गायिका कल्पना कुसुमको गीत ‘नाचम नाचम भो बाजा तालैमा’ सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १२, २०८०
  • 125
    SHARES

गुल्मी। गायिका कल्पना कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैमा’ सार्वजनिक भएको छ । मंसिर महिना बिहे गर्नेहरुका लागि उत्तम लगनको महिना हो ।

यस महिनामा धेरैको बिहे हुने गर्दछ । यहिँ लगनको महिनालाई मध्यनजरमा राखेर गायिका कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैम’ सार्वजनिक भएको हो ।

गीतमा बाजा तालैमा नाच्न मन लागेको कथा वस्तुमा तयार भएको छ । बाजा तालमा नाच्ने र लैजाने गीतमा शब्द भाव रहेको छ ।

लगनको महिनामा नाच्नेहरुका लागि तयार भएको गीतमा गायिका कल्पना कुसुम र गायक सन्दिप न्यौपानेको स्वर रहेको छ । रविन लामिछानेको शब्द रहेको गीतमा श्रीधर अधिकारीको लय रहेको छ ।

गीत कल्पना कुसुमको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गायिका कुसुमका यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भएका छन् । ती गीतहरु निकै लोकप्रिय बनेका थिए । यसपटक सार्वजनिक भएको गीत पनि धेरै दर्शक श्रोताले मन पराउने गायिका कल्पनाले बताइन् ।

अहिले सार्वजनिक भएको पञ्चे बाजाको गीतमा माया प्रेमका कथा वस्तुमा तयार भएको छ । गीतमा युवा पिडीलाई लक्षित गरेर गीत सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }