शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (फोटोफिचर)


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ३०, २०८०
  • 130
    SHARES

प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके । तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन ।

चापागाँउमा डाँडा भत्काएर प्लटिङ गरिदै

समायानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो । तर प्रकृतिको दोहन बिस्तारै बढीरहेको छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानव सभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकुल वातावरण दिन भनेर अनेक प्रतिवद्धता भएका छन् ।

बडिखेलको जग्गा प्लटिङ र बर्षे झरिपछि पहिरो ।

‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन । जबसम्म मानिस प्रकृतिसँग निकट रहेर प्रकृति संरक्षण गर्दै आफ्नो जीवन निर्वाह गर्दथे, तबसम्म प्रकृति कुपित भएको थिएन । आजभोलि प्रकृति कुपित छ–बेसमयमा बाढी पहिरोको चपेटामा मानव समुदाय परिरहेको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो ।

प्रदुषित वागमती ।

धोविखोलाको प्रदुषण ।

कान्तिलोकपथको काल्चेमा उडेको धुलो ।

ढुकुछापमा बालुवा निकालेपछि ।

धुलिखेलमा पहाड खोतल्दै डोजर ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }