सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नवोदित स्कुल सामाखुशीको ३१ औँ अभिभावक दिवस सम्पन्न


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १२, २०८०
  • 51
    SHARES

काठमाडौँ । मुलुकको विकासका लागि सीपमुलक शिक्षा आवश्यक रहेको बताइएको छ ।

नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१ औँ अभिभावक दिवसका अवसरमा बौल्दै पूर्वराजदूत एवम् कुटनीतिज्ञ प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि व्यवसायिक र सीपमुलक शिक्षा आवश्यक रहेको बताउनुभएको हो ।

“मुलुकमा योग्य नागरिक निर्माण गर्न सीपमुलक शिक्षा आवश्यक छ, यसलाई नवोदित स्कुलले पुरा गर्नुपर्छ,”– प्राडा आचार्यले भन्नुभयो । उहाँले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई विद्यालयले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सही रुपमा उपयोग गर्नका लागि व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि काठमाडौँ महानगरपालिका सहयोग गर्ने उहाँको भनाई थियो ।

विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीले सामाखुसी क्षेत्रको शैक्षिक विकासका लागि नवोदित स्कूलले विगत तीन दशकदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार पशुपति शर्माले सांस्कृतिक प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }