मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“स्‍मृतिका बिम्बहरू”को अब अडियोबुक पनि बजारमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ६, २०८१
  • 49
    SHARES

“स्‍मृतिका बिम्बहरू”को अब अडियोबुक पनि बजारमा

राम लामा अविनाशी द्वारा लिखित पुस्तक स्‍मृतिका बिम्बहरू अब अडियोबुकमा पनि निस्केको छ । केही समय पहिला सुरभि प्रतिष्ठानको आयोजनामा काठमाडौँको होटल उडल्याण्डमा एक भब्य समारोहका बिच “स्‍मृतिका बिम्बहरू” लोकार्पण भएको थियो । उक्त पुस्तक आज पाठकहरूको मन मस्तिष्कमा बस्न सफल भएको छ । तर, पुस्तक पढेर बस्ने फुर्सद नहुने पाठकहरूका लागि यो अडियोबुक निकालिएको हो ।

अहिलेको ब्यस्त समाजमा घडीको सुइ सँगै गाडीको पाङ्ग्रा घुम्छ । त्यही गाडीको रफ्तार सँगै मान्छे पनि हुइँकी रहेको हुन्छ । जीवन यती सम्म कस्सिलो बन्दै गयो कि खान र सुत्नलाई पनि घडीले नै सुचित गरी रहेको हुन्छ । न त पुस्तकका पाना पल्टाई रहने फुर्सद हात सँग छ,न त हरफहरूका शब्द शब्द नियाल्ने फुर्सद आँखा सँग नै छ ।

त्यसैले अहिलेको ब्यस्त मानिस सँग समय छ त केबल घर देखि काम र काम देखि घर पुग्दा सम्म्को दुरी पार गर्दा र कहिले काहीँ लामो लामो यात्रा गर्नु पर्दाको समय मात्र छ । त्यो खाली समयको सदुपयोग गर्न मिल्ने भएकोले आजकाल अडियोबुकले लोकप्रियता पाउदै आएको हो । त्यही समयको माग सँगै यो “स्‍मृतिका बिम्बहरू”लाई पनि अडियोबुकको रूपमा बजारमा ल्याइएको छ ।

सो किताबका हरफहरूमा लेखक राम लामा अविनाशीका शब्दहरू भएता पनि मिठो र वजनदार स्वरका धनी दिपक समिरले आफ्नै मन भित्र बाट प्रश्फुटन भएका कथा ब्यथा जसरी प्रस्तुत गरेका छन् । यस अडियोबुकलाई लेखक स्वयमको युटुब च्यानलमा अप्लोड गरिएको छ ।

अडियो सुन्न यहाँँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }