शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १७, २०८१
  • 100
    SHARES

 

काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्शन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शिर्ष भुमिका रहेको छ । फिल्मलाई रूपेश तामाङले निर्देशन गर्नुभएको हो भने देव मगर र अनुप गडाल निर्माता हुनुहुन्छ । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताउनु भयो । उहाँले बाइक चलाएर मात्रै एक्शन हुन्छ भन्नेजस्ता शिर्षकमा समाचार संप्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले चलचित्र हेरिसकेपछि मन लागेको शिर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शिर्षक नराखिदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि फिल्मको सुटिङ कसरी गर्नसकेँ, कसरी गरेँ भनेर हात काँप्छ । अब मलाई गरायो भने म सक्दिनँ होला । त्यो मेहनत अहिले सम्झिँदा डर लाग्छ । अब कामले नै देखाउँछु भनेर अघि बढेको छ । बाइक चलाएर एक्शन हुन्छ भन्ने शिर्षकमा समाचार लेख्नुभएको थियो, पूरा फिल्म हरेपछि थाहा हुन्छ, केके छ भनेर त्यस्तो शिर्षक नलेखिदिनुहोला ।’

पूजाले दान्भीमा पहिलोपटक एक्शन भुमिका निर्वाह गर्नुभएको हो । चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }