शनिबार, बैशाख २२, २०८१

अल इण्डिया रेल्वेमेन फेडेरेशन १०० वर्ष पुरा, शताब्दी महाधिवेशनमा नेपाल सहभागी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 72
    SHARES
काठमाडौँ । भारतीय ट्रेड युनियन आन्दोलनको गौरवमय इतिहास बोकेको अल इण्डिया रेल्वेमेन फेडेरेशन १०० वर्ष पुरा भएको छ ।
फेडेरेशन १०० वर्ष पुरा भएको अवसरमा भारतको राजधानी नयाँ दिल्लीमा शताब्दी महाधिवेशन सुरु भएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट १८ वटा ट्रेनलगायतबाट आएका दशौँहजार प्रतिनिधीको सहभागीता रहेको थियो । उक्त महाधिवेशनको फेडेरेशनको मुख्यालय करनैल सिंह रेल्वे स्टेडियममा भएको छ ।
उक्त महाधिवेशनको उद्घाटन सत्रमा ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन  लण्डनका महासचिव स्टिफन कटनले विभिन्न आरोह अवरोह लाई चिर्दै १०० वर्ष पार गर्नु चानचुन कुरा नभएको बताउनुभयो ।
उहाँले फेडेरेशनको यातायात क्षेत्रको श्रमिक आन्दोलनमा विश्व स्तरमा नै आफनो पहिचान बताएको बताउँदै आईटिएफको महत्वपुर्ण आबद्ध संस्था रहि आएको भन्दै खुशी व्यक्त गर्नुभयो । कटनले आईटिएफबाट भारतका रेलकर्मीलाई सदैव साथ सहयोग रहने बताउनुभयो ।
उक्त महाधिवेशनमा नेपालको प्रतिनिधित्व गर्नुभएका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले १३५ औँ मई दिवसको अग्रिम शुभकामना दिँदै अल ईण्डिया रेल्वेमेन फेडेरेशनसँग आफुहरुको ऐतिहासीक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
महासचिव राईले फेडेरेशनबाट श्रमिक आन्दोलनका धेरै कुराहरु सिकेको साथै भारतसँग नेपालीहरुको सांस्कृतिक , रोटी बेटी लगायत विभिन्न प्रकारको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले पुरानो पेन्सन स्किम लागु गराउने फेडेरेशनको मुद्धामा आफनो ऐक्यबद्धता रहेको बताउँदै फेडेरेशन १०० वर्ष पुगेको उपलक्ष्यमा शुभकामना समेत दिनुभएको थियो ।
उदघाटन सत्रमा अल ईण्डिया फेडेरेशनका महासचिव शिव गोपाल मिश्रा , भारतिय रेल्वेको कार्यकारी अधिकृत जया वर्मा सिंहा , आई टि एफ अध्यक्ष पैडडी क्रुमलीन , फे्रन्च रेल्वे युनियनका नेता डेविड गोवे , हिन्द मजदुर सभाका महासचिव हरभजन सिंह , ईण्टकका वरिष्ठ उपाध्यक्ष अशोक सिंहलगायत जापानिज तथा रसियन युनियनका नेताहरु लगायतले समेत उदघाटन सत्रमा शुभकामना मन्त्वय दिनु भएको थियो ।
उद्घाटन सत्रमा सन् १९७४ को रेल्वे आन्दोलनमा सहभागी एन ई रेल्वेका १०८ वर्षीय महासचिव लगायत चार जना लाई सम्मान पनि गरिएको थियो । १०० वर्ष भन्दा अगाडि स्थापित सो रेल्वेमेन फेडेरेशन का अध्यक्ष भिभि गिरी भारतका राष्ट्रपति समेत बन्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }