सोमवार, बैशाख ३१, २०८१

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 51
    SHARES

काठमाडौँ । ५ खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १६० रन जोड्यो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले ३६ बलमा ४३, गुदाकेश मोतीले ८ बलमा ३३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे । रोस्टोन चेजले २२ बलमा २३ रन जोडे ।

यस्तै, जोनसन चाल्र्सले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । यस्तै, सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

यसअघि हिजो शनिबार भएको खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }