बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इलाम–२ मा नेम्वाङको अग्रता बड्दो क्रममा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १७, २०८१
  • 44
    SHARES

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्वाङको अग्रता बड्दो क्रममा छ । ३४ हजार २६ मत गन्दा सुहाङले १३ हजार ९०० मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ८ हजार २५८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू १ हजार ९४५ मतसहित चौथोमा सीमित छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }