शनिबार, बैशाख २२, २०८१

१६औं योजनालाई आज अन्तिम रुप दिइने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 23
    SHARES

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषदको बैठक बस्न लागेको हो । बैठकले १६ औं योजनालाई अन्तिम रुप दिने छ ।

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सोह्रौं योजनाको मस्यौदा प्रस्तुत् गर्ने छन् । त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् गृहमन्त्री रवि लामिछाने, जसपा अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री रन्जिता श्रेष्ठले पनि सम्बोधन गर्ने छन् ।

त्यसपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुनेछ । यो सत्रमा सोह्रौं योजनाको मस्यौदामा छलफल हुने छ । छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । सहभागीहरु समूहगत छलफलमा सहभागी भई सोह्रौं योजनाको मस्यौदा आवश्यक सुझाव प्रस्तुत गर्नेछन् । कार्यक्रमको समापन सत्रमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले सम्बोधन गर्ने छन् ।

सरकारको ५ वर्षे रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक महत्वपूर्ण मानिन्छ । यो बैठकमा सहभागीहरुले दिएको सुझावलाई समेटेर राष्ट्रिय योजना आयोगले नेपालको ५ वर्षे योजना बनाउने गर्दछ । त्यसैले राष्ट्रिय विकास परिषदको बैठकलाई सरकारले आयोजना गर्ने सबैभन्दा ठूलो कार्यक्रमको रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }