आइतवार, बैशाख ३०, २०८१

इलाम २ मा एमालेको अग्रता


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 25
    SHARES

काठमाडौँ- इलाम- २ मा शनिवार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले  अग्रता लिनुभएको छ ।

यसअघि सम्म काँग्रेसका उम्मेदवार डम्मर खड्काले अग्रता लिइरहनु भएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले २ हजार ५४२ मत पाउनु भएको छ भने काँग्रेसका खड्काको २ हजार १९७ मत प्राप्त गर्नु भएको छ ।

यस्तै पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत ल्याउनु भएको छ ।

फाकफोक थुम गाउँपालिकामा चार वटा वडाको मतगणना सकिएको छ।  बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही १२ बजेबाट मत गणना सुरु भएको हो ।

इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार ४ सय २१ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }