शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नवनिर्वाचित सांसद नेम्वाङले भनेः बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्छु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १८, २०८१
  • 40
    SHARES

 

काठमाडौं । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

मंगलवार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताउनुभएको हो । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताउनु भयो । त्यस अवसरमा उहाँले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित सांसद नेम्वाङले भन्नुभयो, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । यसमा म तपाईहरु समक्ष उभिदाखेरी म के बाँचा गर्न चाहन्छु । धेरै बोल्न चाहन्न । म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्यांकन हुने गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसावले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तपाईहरुलाई कहिल्यै पनि संकोच हुन नदिने छैन । तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’

 

नेम्वाङले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उहाँका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }