मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संसदीय राजनीतिमै फर्किए विप्लव, २०८४ मा चुनाव लड्ने


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १८, २०८१
  • 42
    SHARES

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ अन्त्यतः संसदीय राजनीतिमै फर्किएका छन् । यसअघि संसदीय चुनावको विरोध गर्दै आएको विपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०८४ सालमा चुनाव लड्ने घोषणा गरेको हो ।

पार्टीको वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जानकारी दिए । बैठकको निर्णय सुनाउदै उनले भने- ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।

उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }