बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सप्तरीमा भीषण आगलागी , आगलागीबाट एक सय बढी घर जलेर नष्ट


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १८, २०८१
  • 29
    SHARES

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । उहाँले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताउनुभयो ।

आगो निभाउने प्रयास भइरहेको छ । यता राजविराज, शम्भुनाथ, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट आएको बारुण यन्त्रका साथै नेपाल प्रहरी र स्थानीयले आगो निभाउने काम गरिरहेका छन् ।

आगलागी अहिले पनि भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । उक्त आगलागीमा करिब ६०र७० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }