बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ आयोजना


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १९, २०८१
  • 52
    SHARES

काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आज यहाँ ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ को आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घको अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताउनुभयो । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्व रहेको जानकारी दिनुभयो ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गर्नुभयो । काठमाडौँमा यही वैशाख १६ र १७ गते तेस्रो नेपाल लगानी सम्मेलन भएको थियोे । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुन क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागीता थियोे ।

उक्त बिटुबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र एमआइसीसीआइएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि लगानी सम्मेलनको एकदिन अगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }