मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १९, २०८१
  • 35
    SHARES

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो । उसका लागि जोनसन चाल्र्सले शतकीय इनिङ्स खेले । उनी ६१ बलमा ११९ रनमा नटआउट रहे ।

यस्तै, किमो पल ७ बलमा १३ रनसहित अविजित रहे । आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रनको योगदान दिए । यस्तै, फाबियन एलेनले १९, एलिक अथान्जेले १७ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ४ ओभरमा ५४ रन खर्चेर एक विकेट लिए । सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }