शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २०, २०८१
  • 26
    SHARES

काठमाडौँ, २० वैशाख।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारतका लेखापरीक्षणका विविध विषयमा क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीच हालै भएको सहयोग एवं अनुभव आदानप्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतका महालेखापरीक्षक मुर्मुले नेपालको लेखापरीक्षणबारे आफूले जानकारी प्राप्त गरेको उल्लेख गर्दै आगामी दिनमा दुई देशका लेखापरीक्षकहरूले एकअर्काको अनुभव र सीप सिक्नसक्ने गरी सहकार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा नेपालका महालेखापरीक्षक तोयम राय, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा सापकोटा एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }