शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग र उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २२, २०८१
  • 32
    SHARES

अछाम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्घि नआउने बताउनुभयो ।

मन्त्री भण्डारीले ‘समृद्घ नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा सरकार लागेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताउनुभयो ।

उहाँले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }