आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २३, २०८१
  • 35
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् ।

आईतवार निर्वाचन आयोगमा पुगेर पार्टीका वरिष्ठ नेता अशोककुमार राईसहितका नेताहरुले जनता समाजवादी पार्टी नामक दल दर्ताको निवेदन दिएका हुन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान विपरित काम गरेको भन्दै पार्टीबाट अलग्गिनुपरेको नेता राजेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले जसप, नेपालमा रहेका १२ जना सांसदमध्ये ७ जना सांसद आफूहरुसँग रहेको दाबी गर्नुभयो । उहाँले सरकारलाई समर्थन जारी राख्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयोे, ‘हाम्रो पार्टीको नाम जनता समाजवादी पार्टी हो । हाम्रो यो निरन्तरता हो । हिजोको जुन घोषणापत्र, विधान, नीति, कार्यक्रम जे जति छन्, पार्टीको त्यो सबैलाई हामी निरन्तरता दिन्छाँै । राजनीतिक दल सम्बन्धी ऐन र राजनीतिक दलसम्बन्धी नियमावली २०७८ बमोजिम २० प्रतिशत भएको खण्डमा नयाँ पार्टी दर्ता गर्नसक्ने अवस्था थियो, त्यो अध्यादेशबाट आएको थियो । अध्यादेश हाउसबाट प्रतिष्थापन भएको छैन । त्यसअन्तर्गत बनेको नियमावली जुन छ, त्यस अनुसार हो । हामीसँग प्रतिनिधि सभाको १२ जना सांसदमध्ये ७ जना हुनुहुन्छ । बहुमत सांसद हामीसँग हुनुहुन्छ । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि हो । अहिले बनेको सरकारको निरन्तरताको पक्षमा छाँै । विधान विपरितका कुराहरु भए त्यसैले हामीले यो निर्णय लिएका हौँ ।’

 

राईलाई नवलकिशोर साह, रेणुकुमारी यादव, हसिना खातुन, डा. वीरेन्द्र महतोले साथ दिएका छन् । त्यस्तै प्रदीप यादव र सुशीला श्रेष्ठले राईलाई साथ दिएका छन् । अध्यक्षमा राई रहेका छन् भने रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ । संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ । सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन् । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }