आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा संसदीय दलको बैठकः बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २५, २०८१
  • 27
    SHARES

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भुमिकाबारे छलफल गरेको छ ।

मंगलवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताउनु भयो । उहाँले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रश्तुत हुने बारेमा छलफल भएको बताउनु भयो । उहाँले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमँ छलफल भएको बताउनु भयो । उहाँले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको बतउनु भयो । उहाँले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रश्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि बताउनु भयो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम अहिलेसम्म जुन किसिमले तयार भएको छ, त्यो तयार भएको नीति तथा कार्यक्रममा बजेटको अधिवेशनमा हामीले तयारी गर्ने र बजेटको अधिवेशनमा तयारी गर्दैगर्दा हामी सम्बन्धित दलको ४ वटा मन्त्रालय रहेको छ, मन्त्रालयमा पनि हामी कठोर रुपमा प्रश्तुत हुने । हाम्रो पार्टीले प्रतिनिधित्व गरेको मन्त्रालय हो, त्यसैले गर्दा यो बाहेकको छलफल गरौँ भन्ने नराखेर राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्ने त्यसरी नै प्रश्तुत हुने, प्रतिनिधित्व गर्ने भन्ने छलफल भयो । बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक छ । मिडिया, साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको छ । प्रतिनिधि सभामा निखार्ने र तिखार्ने सवालमा पनि छलफल भएको छ । गत वर्षको बजेट अधिवेशनमा हाम्रो प्रश्तुती कस्तो रहेको थियो त्यसलाई हेर्ने र अब सुधार गर्ने बारेमा छलफल भएको छ । बजेट अधिवशेनको तयारीको क्रममा छलफल गरेका छौँ । वर्तमान वस्तुस्थिति र राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । सभापतिज्युले अपडेट गराउनुभएको छ । मन्त्रीज्युहरुले पनि अनुभव सुनाउनुभएको छ ।’

उहाँले सबै राजनीतिक दलहरु स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निस्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }