सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री लामिछाने व्यक्ति मात्र होइनन्, सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छः काँग्रेस


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 36
    SHARES

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान राख्नुभएको छ ।

 

बुधवार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयका कार्यालयमा संसदीय मामिलाका पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले उप्रधानमन्त्री लामिछाने व्यक्ति मात्रै नभएको र उहाँको सहकारी ठगीमा संलग्नता देखिएको भन्दै संसदीय छानविन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको प्रष्टयाउनुभएको हो । प्रमुख सचेतक लेखकले सहकारीको रकम हिनामिनाको विषयमा उपप्रधानमन्त्री लामिछाने र समग्रतामा पनि छानविन गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । काँग्रेसले उपप्रधानमन्त्री लामिछानेको मात्रै छानविन नगरेर समग्रतामा छानविन गरी सहकारी वचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ भन्ने स्पष्ट अडान लिएको उहाँको भनाई थियो । नेपाली काँग्रेसले वैशाख २७ गते (भोलि) दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनको ल्होत्से हलमा बोलाएको छ । प्रमुख सचेतक लेखकले संसदको बजेट अधिवेशनमा पार्टीले खेल्ने भुमिकाका बारेमा सोही बैठकले आधिकारिक धाराणा सार्वजनिक गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुल कुरा के हो भने यहाँ एउटा कन्फ्युजन भएको छ । त्यो के हो भने हामीले मानौ कि मन्त्रीजी कहाँ मात्रै छानविन खोजिराखेका हौ कि भन्ने एउटा भाष्य निर्माण गर्ने प्रयत्न भईराखेको छ । त्यसो होइन । हामीले दुई वटै कुरालाई अगाडि बढाउने हो । त्यो के हो भने–लाखौं मान्छेको, हजारौं मान्छेको अर्बौ रपैयाँ सहकारी जम्मा भयो । त्यो वचत अपचलन भयो । त्यसको दुरुपयोग भयो, हिनामिना भयो । ठगी भयो । र वचतकर्ताको रकम जोखिममा परेको छ । अथवा त्यो हिनामिना भएको छ । त्यसकारण वचतकर्ताको पीडालाई सम्बोधन गर्ने गरेर वचतकर्ताको रकमको सुरक्षा गर्नुपर्छ । यो हिनामिना, अपचलन, दुरुपयोग गर्नेमा संलग्न मानिसहरुलाई कारबाही गर्नु पर्छ । र सहकारीको जुन अभियान छ । यसलाई राम्रो बनाएर लैजानुपर्छ भन्ने कुरामा समिति बनाएर काम गर्ने कुरामा ठिक छ । हामीले त्यो गर्ने नै भनेको छौं, नगर्ने भन्या होइन । तर एक जना व्यक्तिका विरुद्ध लक्षित भन्ने कुरामा त मेरो धेरै टिप्पणी छैन । देशको उपप्रधानमन्त्री व्यक्ति मात्र होइन । देशको गृहमन्त्री व्यक्ति मात्र होइन । त्यसो भएको हुनाले प्रष्ट उहाँको संलग्नता देखिएको हुनाले समग्रतामा हेर्ने कुरा पनि ठिक छ । दुई वटा टिओआर गरौं । एउटा समग्रतामा हेरौं । र उहाँमाथि पनि प्रश्न उठेको हुनाले त्यसमा पनि छानविन गर्ने गरेर जाने कुरामा पनि जानुपर्छ भन्ने कुरा मलाई लागि राखेको छ । अव आगामी अधिवेशनमा समग्रतामा हाम्रो भुमिका के हुन्छ ? भन्ने जहाँसम्म कुरा छ । हाम्रो भोलि १ बजे संसदीय दल कार्य समितिको बैठक छ बानेश्वरमा । र २ बजे हामी संसदीय दलको बैठक गर्छौं । र भोलीको बैठक हामी अलिकति समय लिएर गर्न खोजिराखेका छौं । किनभने अहिलेसम्म हामीले बैठक गर्दाखेरी अलि हतारमा ग¥यौं । बिहान बैठक राख्ने, ११ बजेदेखि संसद बैठक शुरु हुने । केही नेताहरुले बोल्न पाउने, केही नेताहरुले बोल्न नपाउने । त्यसरी बैठक गएको थियो । यसपाली हामीले भोलि २ बजेदेखि बैठक प्रारम्भ गर्ने, ६÷७ बजेसम्म बैठक संचालन गर्ने । र केही गरी भोली समयले भ्याएन भने पर्सी बिहान फेरी त्यसलाई कन्टिन्यु गरेर बैठक राखेर बढि भन्दा बढि साथीहरुका बिचारहरु संकलन गरेर हामी त्यसपछि कसरी हाउसमा प्रश्तुत हुन्छांै भन्ने कुरा हामी भोलि अथवा भोलिको बैठकको निरन्तरताको रुपमा पर्सीसम्म हामी निर्णय गछौं । हाम्रो आधारभुत विषयमा पनि हामी निर्णय गर्छौं । संसदमा हामीले निर्वाह गर्ने भुमिकाको बारेमा पनि निर्णय गछौं । र त्यो ढंगले हामी जान्छौं । त्यसो भएको हुनाले मैले साथीहरुलाई अनुरोध गर्न खोजेको भोलि हाम्रो ल्होत्से हलमा मिटिङ छ २ बजे । भोलि सबै साथीहरु ल्होत्से हलमा आई दिनुहोला । र हामी त्यहाँ छलफल बैठक गरेर भोलि साँझसम्म अथवा पर्सी बिहानसम्म हामी आफ्ना धारणा र आगामी सदनमा हाम्रा भुमिकाका बारेमा आफ्नो धारणा प्रष्ट गर्छौं । र त्यही साथीहरुलाई स्पष्ट भईहाल्छ ।’

 

त्यसै अवसरमा गरी प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षलाई नटेर्ने, हेप्ने गरेको गुनासो पनि गर्नुभयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }