सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग ‘ब्रेक थ्रु’


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 27
    SHARES

 

काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्नुभएको हो । ब्रेक थु्र कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रुपान्तरणकारी आयोजना भएको बताउनु भयो । उहाँले यस्ता आयोजनाहरु निर्माण सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनसँगै मुलुकको उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्गको ब्रेक थु्र हुँदा सबैलाई ऊर्जा मिलेको बताउनु भयो । उहाँले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपेको दाबी गर्नुभयो । दाहालले दृढसंकल्पका साथ अगाडि बढ्दा चुनौतीपूर्ण भएपनि आयोजनाहरु सम्पन्न गर्न सकिने उदाहरण प्रश्तुत गरेर यो आयोजनाले सबैमा आत्मविश्वास बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन आयोजना पछिको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १३.३ किलोमिटर सुरुङ मार्ग निर्माण कार्य ट्रनिङ बोरिङ मेसिन (टीविएम) प्रयोग गरी छोटो समयमा सम्पन्न भएको छ । आयोजनाको सुरुङ मार्ग ब्रेक थु्र कार्यक्रममा उपस्थित भएर प्रमुख अथितिको रुपमा सम्बोधन गर्न पाउँदा हर्ष गर्वको महशुस भएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना एउटा रुपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना हो । यस्ता आयोजनाहरु सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनसँगै मुलुकको उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने छ ।सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्गको ब्रेक थु्र हुँदा सबैलाई ऊर्जा मिलेको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपेको छ । दृढ संकल्पका साथ अगाडि बढ्दा जति चुनौतिपूर्ण भएपनि आयोजनाहरु सम्पन्न गर्न सकिने उदाहरण प्रश्तुत गरेर यो आयोजनाले सबैमा आत्मविश्वास बढाएको छ ।’

कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता भएको १९ महिनामा सुरुङ मार्ग निर्माणको कार्यले नेपालका पूर्वाधार निर्माण विकासका बहुआयामहरुलाई उद्घाटित गरेको बताउनु भयो ।उहाँले पूर्वाधार निर्माणको क्षेत्रमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग महत्वपूर्ण आयाम बन्न पुगेको बताउनु भयो ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाली वागमती नदी हुँदै वागमती सिंचाई आयोजनामा पु¥याउने छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका ४५ हजार ६०० हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ । करिव ४६ अर्ब लागतको यो आयोजना निर्माण सम्पन्न हुनेछ । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }