सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छः अध्यक्ष नेपाल


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 28
    SHARES

 

काठमाडौे । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताउनु भयो । उहाँले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताउनु भयो । उहाँले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताउनु भयो । उहाँले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताउनु भयो । उहाँले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा पर्यटन विकासको विशाल सम्भावना छ । नेपालको अर्थतन्त्रलाई अघि बढाउनुहुन्छ भने धेरै सेक्टरहरु होलान् तर नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ जलश्रोत धेरै छ, जलश्रोतको प्रसन्नता भइसकेपछि स्वभाविक रुपमा जलविद्युतको उत्पादन प्रचुर गर्न सकिन्छ, सिंचाईको राम्रो व्यवस्था गर्न सकिन्छ । पिउने शुद्ध र अत्यन्त स्वादिष्ट पानीको निर्यात गर्न सकिन्छ । पानी पिउन फ्रान्सबाट पानीको बोतल मगाउनुपर्ने आवश्यकता छैन । नेपालमै उत्पादन गर्नसक्छौँ । कतिपय देशहरुमा निर्यात पनि गर्नसक्छौँ । कृषिको प्रचुरता छ । धेरै हिसावले नेपाल, धेरै क्षेत्र सम्पन्न छ । नेपाल सम्पदाको धनी देश हो । धनी देश भएपनि जनता गरिव छन्, पछौटे अवस्थामा छन् । युवाहरु बेरोजगार छन् । युवाहरु विदेश पलायन भइरहेका छन् । देशमा रोजगारी छैन । यसको खोजि गर्न आवश्यक छ । नेपालको अर्थतन्त्र उँभो लगाउनु छ भने सबैभन्दा पहिला कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्छ । कृषिजन्य वस्तुहरु नेपालमा उत्पादन गर्नसक्ने यहीँ गर्ने, विदेशबाट आयात गर्नेकुराको अन्त्य गर्नुपर्छ । सकिन्छ भने निर्यात गरी देशको राजश्वमा योगदान गर्नुपर्छ । दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्छ । कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रुपमा लिएर अघि बढ्ने हो भने मात्रै देशको अर्थतन्त्र सबल बन्नेछ । नेपालको विकासको इन्जिन दुई वटा क्षेत्र हुन् । एउटा जलविद्युत र अर्को पर्यटन हो । अन्त्यमा गएर पर्यटन नै हुनेछ ।’

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले नारायणहिटी दरबारलाई सरकारी अरु निकायहरु राख्ने नभइ विश्वभरले अध्ययन गर्ने थलोको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }