सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बुबाले देखाउनु भएको इमान र निष्ठालाई आत्मसाथ गर्दै संसदीय भूमिका निर्वाह गर्छु ः सुहाङ नेम्वाङ


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 25
    SHARES

 

काठमाडौं । इलाम– २ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले स्वर्गीय बुबा सुवास नेम्वाङले देखाउनु भएको इमान र निष्ठालाई आत्मसाथ गर्दै संसदीय भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

बुधवार संसदको पद तथा गोपनीयताको शपथ पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै स्वर्गीय बुबा सुवास नेम्वाङले देखाउनु भएको इमान र निष्ठा पूर्वक काम गर्ने बताउनु भयो । उहाँले संसदको सपथग्रहणसँगै भावुक र हर्षित दुबै भएको बताउनु भयो । उहाँले इलामका जनताले इलामका समस्या समाधान गर्ने र जनताको हितमा काम गर्न पठाएकाले इलामका जनताको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले इलामको समस्या र विकासका लागि जनप्रतिनिधिको रुपमा ठूलो अवसर दिएकाले अवसरलाई निष्ठापूर्वक निर्वाह गर्ने बताउनु भयो । उहाँले नेपालमा धेरै विकास निर्माण र नीति निर्माणहरु भए पनि प्राविधिक र सुशासनमा कमजोरीको कारणले सबै कामले पूर्णता प्राप्त नगरेको बताउनु भयो । उहाँले सबै राजनीतिक दलसँगको सहकार्य र समन्वयले मात्र विकाशको काम गर्न सकिने बताउनु भयो । उहाँले संसदमा नीति निर्माणलाई नै प्राथमिकतामा पर्ने तर आफू संसदमा इलामेली जनताको विश्वास र भरोसाले आएकाले इलामका समस्यालाई समाधान गर्ने र विकास निर्माणको लागि आवश्यक नीति बनाउने कुरामा प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संसदको सपथग्रहणसँगै म भावुक र हर्षित दुबै बनाएको छ । ठूलो अवसर प्राप्त भयो भन्ने लाग्छ । इलामका जनताको हितमा काम गर्न पाउनु र इलामको समस्या र विकासका अवाजलाई संसदमा उभिएर गर्न पाउनु मेरो लागि ठूलो अवसर हो । नेपालमा धेरै विकास निर्माण र नीति निर्माणहरु भएको छ । प्राविधिक र सुशासनमा कमजोरीको कारणले सबै कामले पूर्णता प्राप्त गरेको छैन । कार्यान्वयन हुन सकेको छैन । सबै राजनीतिक दलले सहकार्य र समन्वयकारी भूमिकाको माध्यमबाट कार्यान्वयन गर्नुपर्छ । बुबाले देखाउनु भएको इमान र निष्ठा पूर्वक ती कामहरुलाई अगाडि बढाउछु । संसदमा नीति निर्माणलाई नै प्राथमिकतामा राखिन्छ । तर म संसदमा इलामेली जनताको विश्वास र भरोसाले यहाँ पुगेको छु । इलामको समस्यालाई कसरी समाधान गर्ने,विकास निर्माणको लागि आवश्यक नीति बन्न नसकेकाले त्यसलाई प्राथमिकतामा राखेर काम गछु । समृद्ध नेपालको लागि सबै राजनीतिक दलको एकता आवश्यक भन्ने कुरा बुबाले भन्दै आउनु भएको थियो । हरेक कुराको समाधान संवादबाट नै हुन्छ । संसदको अवरोध संवादको माध्यमबाट समाधान गरेर अग्रजहरु जानुहुन्छ भन्ने विश्वासमा म छु ।’

 

उहाँले समृद्ध नेपाल बनाउनको लागि सबै राजनीतिक दलको एकता आवश्यक रहेको भन्दै संसदको अवरोध संवादको माध्यमबाट हल गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }