सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

१६ वर्षको उमेरदेखि पदयात्रामा रमाउँदै धादिङका टिवी घले


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 40
    SHARES

काठमाडौँ । उमेरले ४६ वर्ष काटिसके तैपनी पदयात्रामा रमाइरहेका छन् धादिङ गङ्गाजमुना ७ बुढाथुम धजेका टिवी घले ।

बुबा प्रेमबहादुर र आमा गौरी घलेका ८ औँ सन्तानका रुपमा विस २०३५ वैशाख १२ गते धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं ७ (तत्कालिन बुढाथुम गाविस) धजेमा जन्मनुभएका घले १६ वर्षदेखि पदयात्रामा लाग्नुभयो ।

सुरुमा हिमालयन एक्सकर्सन कम्पनी दरबारमार्गमा भरियाबाट आफ्नो पेशालाई अगाडि बढाउनुभएका घले नेपालका पर्यटकीय सम्भावना बोकेका हरेक गन्तव्यमा पुग्नुभएको छ ।

विचमै पढाई छाडेर पदयात्रामा लाग्नुभएका घलेले हजारौँ आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको पर्वतीय सुन्दरताको अवलोकनसमेत गराईसक्नुभएको छ । घले विगत १७ वर्षदेखि नेपाल माउण्टेन ट्रेकर्समा आवद्ध भई कार्य गर्दै आउनुभएको छ । उहाँ हाल सोही कम्पनीको ट्रेकिङ गाईडका रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }