सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 25
    SHARES

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताउनुभएको छ ।

 

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै राणाले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गर्नुभयो । उहाँले अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गर्नुभयो । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गर्नुभयो । उहाँले अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले पछिल्लो समय उद्योग व्यवसाय ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएकाले केही उद्योग क्षेत्रमा समस्या देखिएको बताउनु भयो । उहाँले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको बताउनु भयो । उहाँले बजारमा पनि व्यवसायीहरुको उधारो समेत उठ्न नसकेको जानकारी दिनुभयो । पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडी बैंक र व्यवसायीहरु लाग्ने गरेको बताउनु भयो । उहाँले होटल, सिमेन्ट,औषधि र छड राम्रो भएसँगै सबै व्यवसायीहरु त्यतितिर लगानी लगाउन थालेकाले पनि समस्या आएको बताउनु भयो । उहाँले सानो देशमा धेरै उत्पादन गर्दा खपत गर्न नसक्ने भएकाले त्यस्तो हुँदा निर्यात वेसमा लैजान सक्नुपर्ने बताउनु भयो । बैंक र व्यवसायीहरुले विश्लेषण गरेर मात्रै लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा हुनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उद्योग व्यवसाय ३० प्रतिशतको क्षमतामा मात्रै सञ्चालनमा आएका छन् । यसरी हेर्दा उद्योग क्षेत्रमा डरलाग्दो अवस्था छ । व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन सकेका छैनन् । व्यवसायीहरुको बजारबाट उधारो समेत उठेको छैन । यो भनेको अर्थतन्त्रमा चुनौतिपूर्ण अवस्था हो । यसले बैंकहरुलाई पनि अफ्ठ्यारोमा पारिरहेको छ । आगामी बजेटमा सरकारले कसरी सुधार ल्याउँछ हेर्न बाँकी छ । अहिलेको अर्थतन्त्रलाई सरकारले रिभाइभ गर्ने हो भने बैंकको ब्याजदर र सरकारका नीतिहरुमा स्थायित्व आवश्यक रहेको छ । अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन सकेको छैन । निजी क्षेत्रको मनोबल बनाउने गरी बजेट तथा नीति कार्यक्रम ल्याउन सक्दा अर्थतन्त्रमा सुधार हुनसक्छ । धेरै बिग्रिएको छैन । अर्थतन्त्रलाई पुन सुधार गर्नसक्छौं । माग र सप्लाईमा बैंकर्स र व्यवसायीहरुको फल्स छ की भन्छु । हामी एउटा व्यवसायी देख्ने वित्तिकै त्यसैको पछाडी जान्छौं । होटल भनेपछि होटल खोल्छौं । सिमेन्ट,औषधि,छडतिर नै लाग्छौं । त्यसलाई पनि मानसिलाई परिवर्तन गर्न आवश्यक छ । सानो देशलाई निर्यात वेसमा लैजान सक्नुपर्छ । कुन व्यवसायमा हामीले लगानी ग¥यो भने त्यसले रिटर्न दिन्छ । कसको माग छ भन्ने कुरामा पनि मूल्यांकन गर्नुपर्ने जस्तो लाग्छ । बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा नभइकन अब ग्याप विश्लेषण गर्नुप¥यो । सम्पती छ भनेर कर्जा दिनु भन्दा पनि व्यवसायको दिगोपन कति छ भनेर विश्लेषण गर्नु आवश्यक छ । अहिल विकास खर्च भन्दा प्रशासनिक खर्च बढी छ । यती गर्दा मात्रै अर्थतन्त्रमा केही सुधार आउँछ ।’

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले कसिलो नीतिले अटो व्यवसाय धरासयी हुँदै गएको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा चले अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गर्नुभयो । उहाँले नेपालको भेइकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके अटो व्यवसाय धरासयी बन्ने निश्चित रहेको दाबी गर्नुभयो । उहाँले चोरीबाट पार्टपूर्जाहरू आएका कारण अटो कारोबार कम हुँदै गएको बताउनु भयो ।

 

उहाँले अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भएको बताउनु भयो । उहाँले तर पछिल्लो समय सबैभन्दा धरासयी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }