सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुखसँग प्रमुख सचेतकको बैठक

शुक्रवारको बैठकमा रविले संसदमा सम्बोधन गर्नेः काँग्रेसको अडान कायमै


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 31
    SHARES

 

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल बिना निस्कर्ष सकिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ । जसकारण पनि आजको बैठक संसद निर्वाचन सुचारु गर्ने सहमति बिनै टुंगिएको हो । बैठक पुनः शुक्रवार बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रवारको प्रतिनिधि सभाको बैठकमा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको र शिर्ष नेताहरुको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूचि नराख्ने र शिर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने भएको काँग्रेसले सभा अवरुद्ध नगर्नेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले संसदको बैठकमा शिर्ष नेताहरुले महत्व दिएर सम्बोधन गर्नेकुरा जरुरी रहेको र यसले राजनीतिक अर्थका दिनुका साथै देशभरका समस्या शिर्ष नेताबाट उजागर हुने अपेक्षा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयसँग सम्बन्धित भन्सारको महशुल सम्बन्धी विधेयकका बारेमा छलफल भएको छ । भोलि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रमुख प्रतिपक्षले केही माग र मुद्दा उठाएर आन्दोलन गरिरहेको अवस्था छ । भोलिको विषयमा कसरी उहाँहरुले विषय राख्नुहुन्छ भन्ने थियो । भोलिको बैठकमा व्यवस्थापनसँग सम्बन्धित कुनैपनि कार्यसूचि नराख्ने र शिर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने छ । दलका नेताहरुले बोल्नुहुन्छ । कार्यसूचि यसरी बनाएका छाँै । व्यवस्थापन कार्यमा नगइसकेपछि प्रमुख प्रतिपक्षले बैठक सहज रुपमा अघि बढाउने भुमिका खेल्नुपर्छ । सहज गर्नुपर्छ । संसदको बैठकमा शिर्ष नेताहरुले महत्व दिएर सम्बोधन गर्नेकुरा वास्तवमा जरुरी छ । त्यसले राजनीतिक अर्थ दिन्छ । देशभरका समस्या शिर्ष नेताबाट उजागर हुन्छ ।’

बैठकपछि बोलदै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रवारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । बजेट अधिवेशन भएकाले शुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलि बस्ने संसद बैठकका बारेमा सम्माननीय सभामुखज्युले भोलिको बैठक व्यवस्थित गर्न गृहकार्य गर्नुभएको हो । सदन भोलि शुरु हुन्छ । त्यसमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्छ । बजेट अधिवेशन भएकाले शुरु हुन्छ र बोल्नुहुन्छ ।’

 

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक शुक्रवार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद सामान्य हिसावमा नै अघि बढ्ने बताउनु भयो । उहाँले शुक्रवारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्नुहुने पनि जानकारी दिनुभयो । संसदप्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलिको सदनका बारेमा सामान्य के हुन्छ भन्ने कुरा भयो । नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक भोलि नै बस्ने भएकाले यो भन्ने आज नै केही भएको छैन । सामान्य हिसावमा यो अधिवेशन शुरु गर्ने भन्नेमा छलफल भएको छ । संसद चल्छ । संसदको विषयमा सबै पार्टी गम्भीर छन् । रविजीले भोलि सम्बोधन गर्नुहुन्छ ।’

बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलका प्रमुख सचेतक र सचेतकहरुसँग शुक्रवारको संसद बैठक सञ्चालनसम्बन्धी छलफल भएको बताउनु भयो । उहाँले बैठक सञ्चालनमा अझै कुरा नमिलेको र काँग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलका प्रमुख सचेतक र सचेतकहरुसँग सम्माननीय सभामुखज्युले भोलि चल्ने बैठकको विषयमा छलफल भएको छ । कुरा मिलेको छैन । काँग्रेसको संसदीय दलको बैठक नसकिएकाले यसमा फाइनल पुगेको छैन भोलि फेरि बैठक बस्ने भनिएको छ ।’

बैठकमा भन्सारको महशुल सम्बन्धी विधेयक अघि बढाउनेबारेमा पनि छलफल भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }