मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ: पूर्वसभामुख ढुंगाना


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 27
    SHARES

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताउनु भयो । उहाँले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताउनु भयो । उहाँले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उहाँले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गर्नुभयो । उहाँले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताउनु भयो । उहाँले कम्युनिष्ट सरकारले श्रमीक, मजदुरको हितमा काम नगरेको जिकिर गर्नुभयो । उहाँले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको कम्युनिष्ट पार्टीहरुले चलाएको सरकार हेर्नुस् त । कहिले श्रमीक, मजदुरको हित गरेका छन् ? पहिला दरबार दरबारको नाममा अपराधीकरण गर्दथ्यो । अहिले त्यस्तै भएको छ । पार्टीहरु नै दरबार भएका छन्, अपराधी काम गरिरहेका छन् । भ्रष्टाचारका कुरामा कुनै न कुनै नेताहरु संलग्न भएकै छन् । अहिले जति भ्रष्टाचार र अपराध भइरहेको छ, त्यो सबै दल संरक्षित भइरहेको छ । यो देशको लागि खराब कुरा हो । कसरी यो संविधानलाई बचाउने की नबचाउने ? यो सोच्नुपर्छ , जनताले अर्नरसिप लिएका छैनन् ।’

‘डेलिभरी भएको छैन । जनताका लागि सामाजिक सुरक्षा, रोजगारी दिएको भए जनताले स्वीकृति दिन्थे, त्यो छैन । नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ । कसरी संविधान बचाउन सकिन्छ भन्ने चुनौति छ । अहिलेको संविधानको बेनिफिट पनि हामी गुमाउँदैछाँै । यो रिभुलेसनी संविधान हो । यसले देशलाई बोक्रो बनाइरहेको छ । यसलाई राम्रो बनाउन सकिन्छ की सकिँदैन यो चुनौति हो । यसलाई छोड्दा पनि र यसै रुपमा राख्दा पनि समस्यामा पर्छौं । यो संविधानलाई रिभ्यु गर्नुपर्छ ।’

पूर्वसभामुख ढुंगानाले अहिलेका तीन मुख्य दलहरु संविधानको रिभ्यु गर्न सामथ्र्य राख्ने नभएको जिकिर गर्नुभयो । अहिलेको संविधानको बिरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताउनु भयो । वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताउनु भयो । उहाँले वर्तमान संविधान माओवादीहरुसँग तत्कालीन मुख्यपार्टीहरु एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताउनु भयो । अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }