मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 26
    SHARES

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौ रकम हिनामिनामा हुँदा लाखौँ बचतकर्ता प्रत्यक्ष प्रभावित भएकाले अविलम्ब समिति गठन हुनुपर्ने माग गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो ।

बैठकले तराई मधेसका विभिन्न स्थानमा आगलागी भएको र पीडितलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष माग गर्ने समेत निर्णय गरेको छ । साथै जलवायु परिवर्तन र चुरे विनाशका कारण तराई मधेसमा खानेपानीको समस्या दिनानुदिन विकराल हुँदै गएकोमा सङ्घीय सरकारद्वारा तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गरेर जनतालाई राहत प्रदान हुनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }