मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौति


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 29
    SHARES

 

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफुले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न चुनौति दिनुभएको हो । उहाँले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताउनु भयो । उहाँले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौति दिनुभयो । उहाँले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राख्नुभयो । उहाँले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताउनु भयो । उहाँले चुनौति स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘माननीय गगनकुमार थापाले मलाई आज गृहमन्त्रीले आफैँले ऋण मागेर कागज गरेर, हस्ताक्षर गरेर ऋण माग्नुभयो । मसँग प्रमाण छ, भनेर उहाँले भन्नुभयो । ल मेरो चुनौती उहाँलाई, उहाँले त्यो प्रमाण दिनुभएछ भने, संसदीय समिति त कुनै ठूलो कुरो होइन तत्काल, यसैपनि मैले बोल्न पाएको भए कुरा अर्कै रहन्थ्यो । म केही कुरा भनिहाल्थेँ । त्यो त कुनै ठूलो कुरा थिएन । मात्र मैले एकपटक बोल्न खोजेको थिएँ । अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु । उहाँले भन्नुभएको, मैले किर्ते गरेको कुरा होइन । मैले कुनै ऋण माग्नका लागि मैले निवेदन दिएर ऋण मागेको प्रमाण छ उहाँले भन्नभएको छ नि, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोड्दिन्छु । त्यो प्रमाण दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ । संसदीय समिति त सामान्य कुरा भैहाल्यो । बनाए हुन्छ । त्यो प्रमाण मलाई दिनुप¥यो । मैले त्यो प्रमाण दिए संसदीय समिति बनाउँछु, त्यो बनाउन्न भनेको होइन । तर मैले एकपटक संसदमा बोल्न पाउनुपर्छ । के रहेछ भन्नेकुरा नेपाली जनतालाई सदनमा बताउन चाहन्छु । म राजनीति छोड्न तयार छु तपाई समिति जाबो कुरा गर्नुहुन्छ । मैले निवेदन दिएर सुर्यदर्शन सहकारीबाट ऋण लिन निवेदन दिएको भन्नुभएको छ । संसदीय समितिको के कुरा भयो र ? उहाँको लागि त मैले राजनीति छोड्दा त्यो भन्दा ठुलो उहाँले पार्टी गर्दा भयो त । ठुलो भोज लगाए भइहाल्यो । उहाँले त्यो प्रमाणित गरिदिनु प¥यो । उहाँले त्यो शर्त मानिदिनु प¥यो । दुई जनाको राजनीतिलाई दाउमा लगाऔँ आज । नेपाली जनताको अदालतमा उभिऔँ ।’

यो पनि पढ्नुस :

सूर्यदर्शन सहकारीबाट रविले आफैँले एक करोड रुपैयाँ ऋण लगेको छानबिन समितिको खुलासा

गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताउनु भयो । आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उहाँको भनाई छ ।

—न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }