सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

थापाले स्वीकारे गृहमन्त्री लामिछानेको चुनौति, प्रमाण पु¥याउन नसके राजनीति छोड्ने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 25
    SHARES

 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले आफूलाई दिएको चुनौति स्वीकार गरेको बताउनुभएको छ ।

 

शुक्रवार प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले आफूले सूर्यदर्शन सहकारीबाट निवेदन दिएर ऋण लिएको प्रमाणित गर्न थापालाई चुनौति दिनुभएको थियो । प्रमाण दिन नसके थापाले राजनीति छोड्नुपर्ने उहाँको शर्त थियो । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रमाण पेश गर्न नसके आफू राजनीति छाड्न तयार रहेको बताउनु भयो । उहाँले आफूहरुसँग भएको तथ्य, प्रमाणले आफूहरुले बोलेको कुरा प्रमाणित गर्ने दाबी गर्नुभयो । उहाँले आफू व्यक्तिले मात्रै नभई सिंगो नेपाली काँग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाएको भन्दै तथ्य प्रमाण नपुगे काँग्रेसलाई क्षति हुने भन्दै प्रमाण पुग्ने दाबी गर्नुभयो । उहाँले संसदीय छानविन समिति बनाएर छानविन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘छानविन गर्दा राजीनामा पनि चाहिँदैन । गृहमन्त्री भएर प्रमाण लुकाइसक्नु भयो । जे जति कुरा गर्नुपर्ने थियो उहाँले गरिसक्नुभएको छ । तथ्य, प्रमाण तोडमोड गरिसक्नु भयो । त्यसैले हामीलाई राजीनामा पनि चाहिँदैन । तर त्यति तोडमोड गर्दै गर्दापनि यति तथ्य प्रमाणहरु छन् कि, जसको आधारमा हामी जे कुरा भनिरहेका छौँ, त्यसको पुष्टि हुन्छ भन्नेकुराको हामीलाई शतप्रतिशत विश्वास छ । त्यसकारणले गर्दा संसदीय छानविन समिति सरकारले नबनाइकन पेलपाल गरेर अब हामी नीति, कार्यक्रम ल्याउँछौँ । अब हामी बजेट ल्याउँछौँ भनेर उहाँहरुले सोच्नुभएको छ भने अहिलेसम्म संसदभित्र छ, संसदभित्र मात्रै विषय सिमित रहँदैन । हामीले उठाएको विषयलाई सरकारले यसैगरी पेलेर लाने सोच बनायो भने संसदबाट सडकमा आउँछ । थप सरकारले त्यही ढंगको सामना गर्ने कुरामा तयार रहनुपर्छ । म त छोडिदिन्छु भनिसके त । उहाँले कहिले काठमाडौं क्षेत्र नं. ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस् । वागमतीमा नुहाउँछु भन्नुभयो नुहाउनुस् । छोडदिनुस् भने छोडिदिन्छु । चुनौति त मैले स्वीकार गरिहाले । त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिंगो नेपाली काँग्रेस पार्टीलाई त्यसले कति क्षति पु¥याउँला ? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठुलो विश्वसनीयताको प्रश्न आउँला ? सिंगो नेपाली काँग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतिको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन ।’

महामन्त्री थापाले एमालेले भनेजस्तो आफूहरुले समिति बनाउनासाथ गृहमन्त्रीको राजीनामा नमाग्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसले २०८४ सालसम्म सरकारतिर फर्केर पनि नहेर्ने भन्दै सरकार ढाल्नका लागि छानविन समिति गठनको माग नगरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }