मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कृषि विकास बैंक मुलुककै अब्बल बैंकका रुपमा स्थापितः अर्थमन्त्री पौडेल


  • माउन्टेन खबर
  • सोमवार, माघ ७, २०८१
  • 281
    SHARES

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले मुलुककै अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनु भएको छ ।

कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैंकको इज्जत र प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारी तथा व्यवस्थापनलाई आग्रह गर्नुभयो ।

मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेको बताउनु भयो ।

कृषि विकास बैंकले ग्राहकको चाहना र आवश्यकता अनुसार आफूलाई पूर्णरुपमा डिजिटाइज गरेको जानकारी कार्यक्रममा दिइयो । साथै बैंकले कुल ४ अर्व १३ करोड मुनाफा संकलन गर्न सफल भएको छ ।

मुलुकको कृषि तथा पशुपालन क्षेत्रमा मुख्य लगानी भएको यस बैंकले कृषक वर्गलाई मुख्य प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी पनि त्यस बखत दिइयो । बैंकका कुल २७ लाख ग्राहक देशभरि छरिएर रहेका छन् ।

वार्षिकोत्सवकै अवसरमा बैंकको नयाँ वेबसाइट शुभारम्भ गरिएको छ । साथै विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मानित समेत गरियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)