मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन सम्झौताको संशोधनमा हस्ताक्षर


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १८, २०८१
  • 98
    SHARES

काठमाडौँ-  नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था, जीआइजेड नेपालद्वारा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम-नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण रिप-ग्रिन कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि मण्डलका प्रमुख जोसे लुइस विनुएसा-सान्तामारिया, काठमाडौँस्थित जर्मन दूतावासका उप-प्रमुख बेन्जामिन साइडल तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो।

नेपाल र जर्मन सरकारबीच २३ जनवरी २०२४ मा भएको प्राविधिक सहयोग सम्झौतालाई यस कार्यक्रमले औपचारिकता प्रदान गर्ने जनाइएको छ। जसअन्तर्गत थप ६ मिलियन युरो बराबरको वित्तीय सहयोग र तीन वर्षको परियोजना विस्तारको सहमति भएको जनाइएको छ।

जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाई मन्त्रालयद्वारा सञ्चालित रिप-ग्रिन परियोजनामा जर्मन विकास सहयोग-जिआइजेडले प्राविधिक सहयोग दिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)