मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


  • माउन्टेन खबर
  • शनिबार, माघ १९, २०८१
  • 82
    SHARES

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातीदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपियाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपियाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपियाँ तोकिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)