काठमाडौं – बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस हुनेमा पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए ।
नवनियुक्त अध्यक्ष ओझा पत्रकारिता तथा अध्यापन पेशामा संलग्न थिए । प्राधिकरणमा यसअघि १२ जनाको नाम सिफारिस भएकोमा मन्त्रिपरिषद्मा पठाइएका बाहेक चिरञ्जीवी चापागाइँ र कमल रेग्मीको नाम सिफारिस गरिएको थियो ।
ती बाहेक डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए ।
