सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सातामा ७२ अंकले बढ्यो शेयर बजार


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १७, २०८१
  • 179
    SHARES

काठमाडौं – यो साता सेयर बजार ७२ अंक अर्थात् २.६ प्रतिशतले बढेको छ । गत साता २७४३ अंकमा रहेको बजार यो साता २८१५ मा पुगेकाे हाे ।

यो साता कारोबार भएका चारै दिन बजार बढ्यो । बुधबार सार्वजनिक विदाका कारण बन्द रह्यो । पहिलो दिन आइतबार ११.६६ अंक बढेको बजार सोमबार ३.३५, मंगलबार ७.१३ र बिहीबार ४९.१५ अंक बढ्यो ।

यो साता कारोबार रकम पनि उल्लेख्य रह्यो । औसत दैनिक १० अर्ब ९७ करोडको कारोबार भयो । आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएकोमा सोमबार ११ अर्ब ८ करोड, मंगलबार ९ अर्ब ९० करोड र बिहीबार ११ अर्ब ३९ करोडको भयो ।

यस साता बजारमा अन्य सेक्टर सबैभन्दा धेरै १०.५ प्रतिशत बढ्यो । गत साता पनि यहीं सेक्टर सबैभन्दा धेरै ७.२३ प्रतिशत बढेको थियो । अन्य सेक्टर हालसम्मकै उच्च २४७४ अंकमा पुगेको छ ।

अन्य सेक्टरमा सूचीकृतमध्ये दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा सिर्जित शक्तिले समग्र सेक्टरले नयाँ रेकर्ड बनाएको हो ।

अन्यपछि यो साता उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखियो । सो सेक्टर ६.९८ प्रतिशत बढ्यो । समग्र बजार बढ्दा पनि केही सेक्टर भने घटेका छन् । फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, होटल तथा पर्यटन र व्यापार सेक्टर घटे । सबैभन्दा शक्तिशाली रहेको बैंकिङ सेक्टर ३.४७ प्रतिशत बढ्यो ।

यो साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको ३ अर्ब ८४ करोडको कारोबार भयो ।

त्यसपछि क्रमशः नेपाल पुनर्बीमा, एनआरएन इन्फास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, सिटिजन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, एचआईडीसीएल, निफ्रा, नारायणी डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि रहे ।

त्यस्तै कारोबार संख्याका आधारमा पनि हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो । त्यसपछि क्रमशः नेपाल रिइन्स्योरेन्स, निफ्रा, सिटिजन लाइफ, घलेम्दी हाइड्रोपावर, एचआईडीसीएल, सोनापुर, गार्डियन माइक्रोलाइफ, घोराही सिमेन्ट र सन नेपाल लाइफ क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)