सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महिला नेतृत्व शिखर सम्मेलन आगामी चैतमा


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०८१
  • 346
    SHARES

काठमाडौँ-  आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो ।

परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उक्त शिखर सम्मेलन आयोजनाबारे जानकारी दिनुभयो । उहाँकाअनुसार सम्मेलनमा प्रविधि र नवप्रवर्तन, दिगो कृषिमा महिला, महिलामा लगानीलगायतका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ ।

सम्मेलनमा परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञलाई एउटै थलोमा ल्याउने र सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहन छलफल गरिने अध्यक्ष अग्रवालले बताउनुभयो ।

“यस सम्मेलन वर्तमान एवं सफल उदाहरणमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्नेछ”, परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भन्नुभयो, “छलफल, अन्तरक्रियाबाट तत्काल उपलब्धि मिल्ने हैन । सम्मेलनबाट प्राप्त सुझाव र प्रतिवेदनले सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

परिसङ्घले निजी क्षेत्रको उत्पादनमूलक एवं सेवामुलक संस्थाको प्रतिनिधिका रूपमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासमा सरकारसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)