सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २८, २०८१
  • 216
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गर्नु भएको हो ।

उहाँले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसक्नु भएको छ ।

एक दशक बढि समय देखि महासंघमा योगदान दिनुभएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औदोगिक प्रतिष्ठानमा आवद्ध हुनुहुन्छ ।

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी हुनुहुथ्यो । उहाँको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्नु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)