सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार नेप्सेसँगै कारोबार रकमा पनि गिरावट


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३, २०८१
  • 204
    SHARES

काठमाडौं –  सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१४ अंकले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३ सय ३१ स्क्रिपको ५ अर्ब ४० करोड रुपैयाँ बराबरको ९९ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ ।

सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४५ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार राप्ती हाइड्रोपावरको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर मुल्य ८.०३ प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ५.३३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)