शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महिला लक्षित सीप मुलक तालिम संञ्चालन गर्दै सपना भिलेज सोसियल इम्प्याक्ट


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ४, २०८१
  • 1000
    SHARES

चितवन – सौराहास्थित सामाजिक संस्था सपना भिलेज सोसियल इम्प्याक्टले कालिका नगरपालिका वडा नम्बर १० र ११का महिलाहरुलाई लक्षित गरि विभिन्न सिपमूलक तालिम संञ्चालन गर्ने भएको छ।

यसका लागि सामाजिक संस्था सपना भिलेज सोसियल इम्प्याक्टले इच्छुक प्रशिक्षार्थीहरूको छनोट गर्नको लागि टोल विकास संस्थालाई जिम्मा दिएको छ।

हिजो सौराहामा आयोजित एक कार्यक्रमकावीच  सपना भिलेज सोसियल इम्प्याक्टले कालिका नगरपालिका वडा नम्बर १० र ११ का सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र सचिव एवं आमा समूहका अध्यक्ष र सचिवहरूलाई भेला गरी अन्तरकृया कार्यक्रम संञ्चालन गर्‍यो ।

अन्तरकृया कार्यक्रममा विभिन्न सिपमूलक तालिमका विषयमा तालिम लिन इच्छुक प्रशिक्षार्थीहरूको छनोट गर्नको लागि टोल विकास संस्थालाई जिम्मा दिने निर्णय गरिएको सामाजिक संस्था सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले जानकारी दिनुभयो।

यसका  साथै आमा समूहलाई व्यवसायमूलक ढङ्गले सर्वोत्तम पिठो उत्पादन गर्ने फ्याक्ट्री तयार गर्नको लागि आमा समूहहरूको बीचको सहमति जुटाउनको लागि अनुरोध गर्ने  निर्णय समेत गरिएको अध्यक्ष  गिरिले जानकारी दिनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)