सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहोरो अंकले घट्यो नेप्से


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ५, २०८१
  • 211
    SHARES

काठमाडौं –  बुधबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अंकले घटेर २ हजार ६ सय ८२ दशमलव १५ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३ सय ११ स्क्रिपको ५ अर्ब १४ करोड रुपैयाँ बराबरको ९५ लाख ८३ हजार कित्ता शेयर किनबेच भएको छ ।

बुधबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । घिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३४ करोडको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका ५३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८३ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार मिथिला लघुवित्तको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब साढे ७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत बढेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)