मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माछापुच्छ्रेे क्यापिटल लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०८१
  • 160
    SHARES

काठमाडौँ – माछापुच्छ्रेे क्यापिटल लिमिटेडद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा मा नेपाल कर्मस क्याम्पस, मिनभवन काठमाडौँमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न । क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा नेपाल कर्मस क्याम्पस मिनभवन काठमाडौँमा मिति २०८१ चैत १० गतेका दिन स्नातक तह (बि. बि. एस) संकाय तर्फका विद्यार्थीहरु बिच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

 

ग्लोबल मनि विक २०२५ को “Think before you follow, wise money tomorrow” भन्ने स्लोगनलाई आत्मसाथ गर्दै, क्यापिटलले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई शेयर बजार,DMAT, IPO,बैंकिङ्ग प्रणाली, शेयर कर्जा को उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना लगायतका विषय बस्तुबारे जानकारी तथा छलफल गरेको थियो । यस अभियानमार्फत, माछापुच्छ्रेे क्यापिटले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । माछापुच्छ्रे क्यापिटले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा गरिरहेको छ ।

 

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रेे बैङ्क लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितो पत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रेे क्यापिटल लिमिटेडले नेपाल धितो पत्र बोर्ड मार्फत धितो पत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)