मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आन्दोलनमा निजी उद्यम र सार्वजनिक क्षेत्रमा भएको आक्रमण, लुटपाट, आगजनीप्रति महासंघद्धारा भत्सर्ना


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०८१
  • 324
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न माग राखी हुने गरेका आन्दोलन–प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गरी चैत्र १५ गते शुक्रवार काठमाडौँमा भएको आन्दोलन–प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुखद भन्दै महासङ्घले यसप्रति भर्त्सना गरेको छ ।

सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंस्रक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको भर्त्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने महासङ्घको माग छ ।

संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय रहेको महासङ्घको ठहर छ । विज्ञप्तिमा महासङ्घले भनेको छ, ‘कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासङ्घ घोर निन्दा र भर्त्सना गर्दछ । साथै महासङ्घ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।’

आन्दोलन–प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै महासङ्घले घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)